काठमाण्डु – नेपाल प्रहरीले प्राविधिक विधाका लागि ठूलो संख्यामा नयाँ भर्ना खुला गरेको छ ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले शुक्रबार रिक्त रहेका प्राविधिक पदहरूमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
प्रहरीले प्राविधिक प्रहरी निरीक्षक, प्राविधिक प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आवेदन मागेको छ ।
सूचना प्रविधि, सञ्चार, भौतिक पूर्वाधार, सवारी, केन्द्रीय विधि विज्ञान प्रयोगशाला, स्वास्थ्य र संगीत विधाका लागि पनि जनशक्ति आह्वान गरिएको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले नेपाल प्रहरीको अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम मार्फत अनलाइन आवेदन दिनुपर्नेछ ।






प्रतिक्रिया