मध्यरातमा प्रहरीको ‘स्वीप अपरेसन’, गुण्डागर्दी गर्ने १७ जना पक्राउ

मध्यरातमा प्रहरीको ‘स्वीप अपरेसन’, गुण्डागर्दी गर्ने १७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाण्डु – प्रहरीले गुन्डागर्दीमा संलग्नको आरोपमा १७ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति गुण्डागर्दीमा संलग्न रहेको आरोपमा काठमाण्डुका विभिन्न ठाउँबाट १७ जना पक्राउ परेका छन् ।

प्रहरीले ‘स्वीप अपरेसन’ गर्दै उनीहरूलाई ठमेल, दरबारमार्ग र सामाखुसीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रविण तामाङ छन् । उनी श्याम लामा समूहमा सक्रिय रही बौद्ध क्षेत्रमा गुन्डागर्दी गर्दै आइरहेको पाइएको छ ।

त्यस्तै कलंकी–बाफल क्षेत्रमा गुन्डागर्दीमा सक्रिय बिर्जु महर्जन, कलंकी बस टिकट काउन्टर र पेट्रोप पम्प आसपासका क्षेत्रमा गुन्डागर्दी मच्चाउने सुजन कार्की, स्यूचाटार क्षेत्रमा सक्रिय सरु हुमागाइ, सञ्जिव लामा, सुरेश गिरी, अशोक गिरीलगायतका पक्राउ परेका छन् ।

विभिन्न समूहको नाममा भइरहेको गुण्डागर्दीलाई नियन्त्रण गर्न प्रहरीले चलाएको अभियानलाई ‘स्वीप अपरेसन’ भनिएको छ । यस्तै प्रहरीले यात्रुलाई विभिन्न बहानामा दुःख दिने थप १३ जनालाई पनि पक्राउ गरेको छ ।

नेपाल प्रहरीले बिचौलियाका रूपमा सर्वसाधारण नागरिकलाई हैरानी दिने व्यक्तिलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको छ ।

शुक्रबार कलङ्की र नयाँ बसपार्कमा खटिएको प्रहरी टोलीले १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । यस अघि प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो ।