काठमाडौं – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका अधिकृतस्तरका प्रहरी कर्मचारीको सात दिनको तलब कट्ट गर्ने निर्णय गरेको छ ।
प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ७ दिनको तलब जम्मा गर्न निर्देशन दिएको छ ।
कार्यालयले राष्ट्रिय वाणिज्य बैंकमा रहेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’को खाता नम्बर ११६०००००११०१ मा वैशाख महिनाको तललबबाट रकम कट्ट गरी सो कोषमा जम्मा गर्न निर्देशन दिएको हो ।
त्यस्तै महानगरीय प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयहरुले पनि एकमुष्ट रकम पठाउन निर्देशन दिइएको छ ।

कोरोना कोषमा सांसदहरुको तलब सांसदहरुले पाउने तलबभत्ताबाट काटिएको छ । राष्ट्रपतिले दुई महिना, प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
सरकारको आलोचना !
राष्ट्रसेवक प्रहरी कर्मचारीको तलब कट्टा गर्ने निर्णयसँगै सरकारको आलोचना हुन थालेको छ । दिनरात जनातको सेवामा खट्ने प्रहरी अधिकारीहरुको तलब कट्टा गरेर सरकारले थप अन्याय गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको हो ।
जनताको सेवामा रातदिन जोखिम मोलेर खट्ने प्रहरी कर्मचारीको तलबकाटेर हैकमी देखाइएको भन्दै सरकार र प्रहरीका उच्च अधिकारीको आलोचना भएको छ ।
पत्रकार खगेन्द्र संग्रौलाले सामाजिक । सञ्जालमा लेखेका छन्, ‘सांसद विकास कोष संस्थागत संरचना बन्न नदिने, सांसद दानवीर हिरो बन्ने र आफ्नालाई पोस्ने कोष हो । सरकार कोरोनाविरूद्ध लड्न छुट्टै कोष बनाएर ट्वाक थापिरेहछ । ट्वाक थाप्नुको सट्टा विकृतिबर्धक सांसद विकास कोषको रकम कोरोनाविरूद्ध खर्च गरे सांसद माननीयले आत्महत्या गर्लान् र ?’
त्यस्तै सुवास वस्थीले लेखेका छन्, ‘दिनै पर्ने भए, प्रहरी कल्याण कोष पनि छ त (राज्यले श्रोत परिचालन गर्नै पर्ने भए, संचय कोष पनि होला, प्रायः दुरुपयोग भएको सुनिएको सांसद विकास कोष पनि छ क्यारे ।) अस्ति अर्का थरीले स्वास्थाकर्मीलाई पनि उर्दी गरेछन ! हैकमी पाराले संगठन चलाईएला, ‘कल्याणकारी’ कर्म चल्दैन, ब्रोहरु ।’
त्यस्तै देवेन्द्र वर्मा लेख्छन्, ‘अन्य देशमा जनप्रतिनिधि तथा लाभको पदमा बस्नेहरुको तलव/सुविधा काटिन्छ, तर नेपालमा भने यो माहामारीको अग्रभागमा खटिई जनसेवामा समर्पित स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको तलब काटिन्छ । कठै हाम्रो सोच ।’
त्यस्तै समा थापा लेख्छिन्, ‘प्रहरी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको सक्रियता यो जोखिमको समयमा उच्च छ उनीहरुको तलब बरु थपेर दिनु पर्छ । शिक्षा,सेवा लगायतका अरु क्षेत्रका निजामती जसले घरमै बसेर तलब पकाए तिनको काटेर अरुलाई थपियोस् बरु ।’
संरामेश नामका ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘सरकार संवेदनशील छ भन्नेमा कुनै शंकै छैन । तर युद्धको बेला सिपाहीको तलब काटेर उनीहरू प्रोत्साहित भएको ठान्नु लरतरो IQ ले नभ्याउने कुरो भो । हिजो धरानले स्वास्थ्यकर्मीसँग अनुरोध गर्नु र आज सुरक्षाकर्मीको तलब काट्नु प्रोत्साहन हैन । यी काम बन्द गरौँ । बरू सल्लाह दिनेलाई घरबाट निकालौँ ।’




प्रतिक्रिया