कालिमाटीका २३१ जना प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ, ड्युटीमा फर्किए

कालिमाटीका २३१ जना प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ, ड्युटीमा फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

महिला सेल तथा ट्राफिक प्रहरी कार्यालयसहित २३१ जनाको कोरोना जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमित प्रहरीहरू पनि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । संक्रमितको सम्पर्कमा आएका सबै जनालाई प्रहरी कार्यालयमा क्वारेन्टाइनमा राखिएको थियो ।

नेगेटिभ रिपोर्ट आएका सबै जना ड्युटीमा फर्किएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।