कोरोना भाइरसबाट ७ सय ९५ प्रहरी संक्रमित, ५५६ जना डिस्चार्ज

कोरोना भाइरसबाट ७ सय ९५ प्रहरी संक्रमित, ५५६ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो समय प्रहरीहरुमा संक्रमणकोदर तिव्र रुपमा देखिएको छ । हालसम्म देशभर संक्रमित प्रहरीको संख्या ७ सय ९५ पुगेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले नागरिकको प्रत्यक्ष सम्पर्कमा रहेका प्रहरीमा संक्रमणको जोखिम उच्च रहेको जानकारी दिए ।

उनले हालसम्म ५ सय ५६ जना प्रहरी डिस्चार्ज भएको बताए । उनले संक्रमित प्रहरीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाण्डुपाटीलाई जानकारी दिए ।

त्यस्तै महानगरीय प्रहरी वृत, महाराजगञ्जका डिएसपीसहित २२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हत्या आरोपमा पक्राउ परेका एक जना थुनावाबाट प्रहरीमा कोरोना सरेको हो ।

मनमैजु हत्या काण्डमा पक्राउ परेका आरोपी आङदोर्जे शेर्पाबाट प्रहरीमा संक्रमण फैलिएको हो । बुधबार गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित प्रहरीलाई आइसोलेशनमा भर्ना गरिएको छ । लक्षण नदेखिएका प्रहरी हामे आइसोलेसनमा छन् भने लक्षणसहितकालाई मात्र अस्पताल भर्ना गरिएको छ ।