इन्सपेक्टरको नतिजा सार्वजनिक, कति जना पास भए ? (सूचीसहित)


काठमाण्डु – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर)को नतिजा सार्वजनिक भएको छ ।

प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको हो । उक्त नतिजामा खुला तथा समावेशी गरी १४९ जना सफल उम्मेदवार छन् ।

१७ जना वैकल्पिकमा परेका छन् । २०७६ माघ १ गते विज्ञापन आव्हान भएबमोजिम लिखित र अन्तर्वार्ता दुवै परीक्षाबाट सफल भएकाहरूको नामावली प्रकाशित गरिएको हो । परीक्षामा उत्तिर्ण भएका उम्मेद्वारहरुलाई चैत १८ गतेभित्र कार्यालयमा उपस्थित हुन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement