घुससहित पक्राउ परेका प्रहरी जवानविरुद्ध विशेष अदालतमा मुद्दा दायर

घुससहित पक्राउ परेका प्रहरी जवानविरुद्ध विशेष अदालतमा मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ईलाका प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवानविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार घुससहित पक्राउ परेका ईलाका प्रहरी कार्यालय, सुनसरी सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवविरुद्ध विशेष अदालत, काठमाण्डुमा मुद्दा दायर गरेको हो

उनले उजुरी मिलाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले जवान यादवलाई घुस रकमसहित चैत २६ गते नियन्त्रणमा लिएको थियो ।

यादवले हिरासतमा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी सेवाग्राहीसँग ६० हजार घुसलिएको पुष्टि भएको थियो । पक्राउ परेका यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।