शान्ति मिसनको प्रश्नपत्र लिक प्रकरणः ३ प्रहरीलाई बर्खास्त गर्न सिफारिस


काठमाण्डु- छानबिन समितिले शान्ति मिसनको प्रश्नपत्र ‘लिक’ भएको बिषयमा प्रतिबेदन बुझाएको छ । शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा को प्रश्नपत्र लिक भएको बारेमा छानबिन गर्न गठित प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्त लामा नेतृत्वको समितिले बुधवार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको हो ।

सो प्रतिबेदनमा समितिले प्रहरी नायव निरीक्षक जनकबहादुर थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई जागिरबाट हटाउन सिफारिस गरेको छ । त्यसैगरी छानबिन समितिले युएन शाखाका एसपी अनुपम शम्शेर जबरा र डिएसपी रुपेश खड्का सहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । प्रश्नपत्र परीक्षा हुनुभन्दा दुई दिन अघि नै ‘लिक’ भएको छानबिनबाट पुष्टि भएको छ ।

प्रश्नपत्र प्रहरी प्रधान कार्यालय स्थित युएन शाखाका एसपी अनुपम शम्शेर जबराको टेबलको घर्राबाट कार्यालय सहयोगी सुरेश बमले चोरेर हवल्दार कुमार शाह मार्फत लिक गराएको छानबिनबाट पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement