नेपाल प्रहरीमा तीन वटा पद थप्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल प्रहरीमा तीन वटा पद थप्ने मन्त्रिपरिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाल प्रहरीमा तीन वटा पद थपेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपेको हो ।

गृहमन्त्री बालकृष्ण खाँडले पेश गरेको ‘प्रहरी ९ औं संशोधन नियमावली २०७८’ लाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषदबाट स्वीकृत भएको उक्त नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ । तल्लो दर्जामा काम गर्ने प्रहरी कर्मचारीको मनोबल बढाउन नयाँ पद सिर्जना गरिएको हो ।