काठमाण्डु – नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । आइतबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णयानुसार पुस महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी उपरीक्षकहरुको सरुवा गरिएकाे हाे ।
जसअनुसार केही जिल्लाका प्रहरी प्रमुख समेत फेरिएका छन । झापा, काभ्रे, कंचनपुर, बारा लगायतका जिल्लाका एसपी फेरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई सरुवा गरिएको छ । यसअघि झापामा एसपी सानुराम भट्टराई थिए । श्यामसिंह चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर सरुवा गरिएको छ ।




प्रतिक्रिया