काठमाण्डु – प्रहरी हेडक्वाटरले कार्यालयमा सम्पर्कमा नरहेका १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार सूचना जारी गर्दै आफूखुशी कार्यालयको सम्पर्कमा नरहेका दुई हबल्दारसहित १३ प्रहरीलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो ।
आफूखुशी सम्पर्क बाहिर रहेका हबल्दारहरु प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर हुन् । सिंह मंसिर १९ गते र कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्कमा नरहेको प्रहरीको सूचनामा उल्लेख छ ।
सम्पर्कमा नरहेका प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एसपी, दिल दीक्षित राज केसी हुन् । त्यस्तै हप्तादिन भित्रसम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने समेत प्रहरी हेडक्वाटारले चेतावनी दिएको छ ।





प्रतिक्रिया