नेपाल प्रहरीका ४ जना डीआईजी एआईजीमा बढुवा

नेपाल प्रहरीका ४ जना डीआईजी एआईजीमा बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको छ।

शुक्रबार विहान बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा गरिएको हो ।यसअघि गृह मन्त्रालयले चैत १३ मा भण्डारी,गिरी,चौधरी र तामाङलाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।