नेपाल प्रहरीका तीन डिआईजी एआईजी बढुवामा सिफारीस


काठमाडौं – नेपाल प्रहरीमा रिक्त ३ जना एआईजी पदमा बढुवा भएको छ । बढुवा हुनेमा डिआईजीहरु ताराणीदत्त लम्शाल, शैलेश थापा क्षेत्री र हरि पाल रहेका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले तीन जना डिआईजीहरुलाई एआईजी बढुवामा सिफारीस गरेको हो ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) को बरियतामा पहिलो, दोश्रो र तेस्रो नम्बरमा रहेका उनीहरुलाई सोही बरियता अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement