नेपाल प्रहरीमा १० जना एसएसपी डिआईजी बढुवामा सिफारीस

नेपाल प्रहरीमा १० जना एसएसपी डिआईजी बढुवामा सिफारीस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका १० जना एसएसपीहरु डिआईजीमा बढुवा सिफारीस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले शुक्रवार सांझ १० रिक्त डिआईजी पदमा बढुवा सिफारीस गरेको हो ।

डिआईजीमा बढुवा हुनेमा पहिलो ब्याचबाट एसएपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त र ईश्वरबावु कार्की रहेका छन् । पहिलो ब्याचमा दुई नम्बरमा रहेका एसएसपी गणेश ऐर र तेस्रो नम्बरमा रहेका पुरुषोत्तम कडेंल बढुवामा छुटेका छन् ।
वरियतामा पछि रहेका एसएसपी सहकुल थापा दोस्रो ब्याचबाट एक नम्बरमा बढुवा भएका छन् । त्यसपछि धिरज सिंह बसन्त कुमार लामा,रन्द्रि धानुक, उत्तमराज सुवेदी र अरुण विसी बढुवा भएका छन् ।

डिआईजी बढुवाको विषयमा प्रधानमन्त्री केपी शर्मा र गृहमन्त्री रामबहादुर थापाबीच कुरा नमिल्दा केही समय बढुवा रोकिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार सांझ प्रधानमन्त्री ओली,गृहमन्त्री थापा र गृहसचिव महेश्वर न्यौपानेबीच छलफल भएपछि बढुवा प्रक्रिया अघि बढेको हो ।

बालुवाटारको छलफलपछि शुक्रवार सांझ नै गृहमन्त्रालयमा बढुवा समितिको बैठक बसेको थियो । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिमा आईजीपी ठाकुरप्रसाद ज्ञवाली सदस्य र एआईजी शैलेश थापा क्षेत्री सदस्यसचिव रहेका थिए । उक्त बैठकले नेपाल प्रहरीका १० एसएसपीहरुलाई डिआईजी बढुवामा सिफारीस गरेको हो ।