काठमाडौं – नेपाल प्रहरीका पुर्व प्रहरी महानिरीक्षक (आईजी) हेमबहादुर सिंहको निधन भएको छ। अठासी बर्षिय सिंहको काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो।
फोक्सोमा समस्या आएपछि अस्पताल भर्ना भएका सिंहले २०४३ असारदेखि २०४७ जेठसम्म नेपाल प्रहरीको नेतृत्व सम्हालेका थिए । स्वर्गीय सिंहको आज (शुक्रवार) पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जानकारी दियो।




प्रतिक्रिया