सांसद अपहरणको जाहेरी दर्ता गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

सांसद अपहरणको जाहेरी दर्ता गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी प्रधान कार्यालयले सांसद डा. सुरेन्द्र यादव अपहरणको जोहरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ ।

प्रहरीले आइतबार सांसद अपहरण गर्नेविरुद्ध कारबाहीको माग गर्दै जाहेरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरुको जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि प्रहरी प्रधान कार्यालयले यस्तो निर्देशन दिएको हो ।

प्रहरी प्रवक्ता निरजबहादुर शाहीले अपहरण जस्तो गम्भीर मुद्धामा अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रहरी प्रधान कार्यालयले कानुनअनुसार रितपूर्वक आएको जाहेरी दता गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको हो ।

प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई जोहरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको प्रवक्ता शाहीले जानकारी दिए ।

शाहीले भने, ‘तर, स्थानीय अधिकारीले दर्ता गर्न उचित ठानेमा कारवाही अगाडि बढ्छ ।’

सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा नेकपा सांसद महेश बस्नेत, सांसद किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दिन डा. बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।

तर, काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले  महोत्तरी जान सुझाव दिएका थिए । पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएको थियो । तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए ।

उनलाई बुधबार जनकपुरबाट अपहरण गरेको बताइएको छ । सांसद यादवले आफूलाई ज्यान मार्ने धम्की आएको बताउँदै आएका छन् । उनले आफूलाई पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेको आरोप लगाउँदै आइरहेका छन् ।