प्रहरीले माग्यो सात वटा हेलिकोप्टर


काठमाडौं – नेपाल प्रहरीले गृह मन्त्रालयसँग सात वटा हेलिकोप्टर खरिद गर्न बजेट माग गरेको छ। खोज तथा उद्धार र विपद व्यवस्थापनका लागि सात वटै प्रदेशमा सात वटा हेलिकोप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो।

सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीले हेलिकोप्टर खरिद गर्नका लागि गृह मन्त्रालयसँग बजेट माग गरेको थियोे। तर, प्रहरीलाई गृह मन्त्रालयले भने बजेट उपलब्ध नगराएको छ। २०१२ सालमा स्थापना भएको प्रहअरीले संगठनले पटक पटक हेलिकोप्टर खरिदका लागि बजेट माग गर्दै आएको छ।

हेलिकोप्टर प्रहरीलाई आवश्यक भए पनि गृह मन्त्रालयले अहिलेसम्म हेलिकोप्टर खरिद गर्न बजेट उपलब्ध गराएको छैन। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement