काठमाण्डु – नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा.आशा सिंहले कोरोना विरुद्धको खोप लगाएकी छन् ।
उनले नेपाल सरकारको कोरोना खोप अभियानमा पहिलो चरणको खोप लगाएर महाराजगञ्जस्थित प्रहरी अस्पतालको ‘कोभिड–१९ खोप केन्द्र’ उद्घाटन गरेकी हुन् ।
उनले सरकारबाट प्राप्त खोप पहिलो चरणमा अस्पतालका स्वास्थ्यकर्मी, सफाई कर्मचारी, सवारी चालकलगायत व्यक्तिहरूलाई लगाउने लक्ष्य रहेको बताइन् ।
सरकारले तोकेको विभिन्न खोप केन्द्रमध्ये नेपाल प्रहरी अस्पताल दोस्रो ठूलो खोप केन्द्र हो । केन्द्रबाट स्वास्थ्य सेवासँग सम्बन्धित अन्य १८ वटा संघसंस्थाका व्यक्तिहरूलाई खोप लगाउने योजना प्रहरी अस्पतालको रहेको छ ।




प्रतिक्रिया