३० वर्षे सेवाअवधी हटाउने प्रस्ताव असफल : ज्ञवाली आजैवाट २७ औं प्रहरी महानिरीक्षक बन्दै


काठमाडौं– नेपाल प्रहरी महानिरीक्षको नियुक्ती मंगलवार हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रस्ताव तयार नभएकोले आईजीपी नियुक्ती हुन सकेको थिएन् । उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी)मा डीआईजी ठाकुर ज्ञवालीको नाम प्रस्ताव गरेर मंगलवार बस्ने मन्त्रिपरिषद बैठकममा  पेश गर्न निर्देशन दिएका छन् । उनि हाल प्रदेश १ को प्रहरी प्रमुख छन् ।

ज्ञवाली नेपाल प्रहरीमा अहिलेसम्म विवादमा नपरेका अधिकृत हुन् । यससंगै खनालपछि ज्ञवाली नेपाल प्रहरीको २७ औ महानिरिक्षक बन्ने लगभग निश्चित भएको छ । प्रधानमन्त्रीले गृहमन्त्री रामबहादुर थापालाई मंगलवार वस्ने वैठकमा ज्ञवालीको नाम पेश गर्न निर्देशन दिएको स्रोतको दावी छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित ३ एआईजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात तथा १८ डीआईजीहरु मंगलबारबाट एकैपटक अवकासमा जादैछन् । आईजीपीका लागी ज्ञवालीका साथै दुई नम्बरमा रहेका डिआईजी तारिणीप्रसाद लम्साल प्रतिस्पर्धामा थिए । सोमबारको वैठकमा ३० वर्षे सेवाअवधी हटाउने विषयमा समेत छलफल भएको थियो । तर, गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेलले त्यसको विरोध गरेपछि कुनै निर्णय भने हुन सकेन् ।

‘अन्तिम समयसम्म ३० वर्षे सेवाअवधी हटाउन चर्को लविङ्ग थियो,प्रहरी महानिरीक्ष्ँक नियुक्तीको प्रस्ताव सोमबार गृहले तयार नगरेकाले पनि ढिलाई भएको हो’ । प्रधानमन्त्री निकट स्रोतले काठमाडौंपाटीसंग भन्यो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उनका ब्याचका एआईजी र डिआईजी सेवाअवधी लम्बाउने पक्षमा थिए । खनालले पांच महिनाका लागी आफुलाई पदमा राखिदिन् भन्दै शक्तिकेन्द्रकोमा पुगेपनि अन्तिममा उनको चाहना भने पुरा भएन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार विहान बस्ने वैठकले प्रहरी महानिरीक्षकको टुंगो लगाउनेछ । त्यसका साथै आईजिपीको प्रतिस्पर्धामा रहेका लम्शाललाई एआईजीमा बढुवा गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement