मातहतबाट पैसा उठाएको आरोपमा प्रहरीका दुई एसपी र एक इन्सपेक्टर निलम्बित


काठमाण्डु – अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बित भएका छन् । गृहमन्त्रालयले ट्राफिक कार्यालयमा रहंदा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षकहरु विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसियालाई निलम्बन गर्ने निर्णय गरेको छ ।

उनिहरुलाई प्रहरी प्रधान कार्यालयले निलम्बनका लागीे सिफारिस गरेको थियो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुंदा उनिहरुले अनियमितता गरेको खुलेपछि निलम्बन गरिएको हो । मातहतकै प्रहरी कार्यालयबाट पैसा उठाउने गरेको उजुरी उनिहरुमाथी परेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement