नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई १५ करोड रुपैयाँ सहुलियत ऋण दिँदै

नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई १५ करोड रुपैयाँ सहुलियत ऋण दिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीको कल्याणकरी कोषले आफ्ना कर्मचारीहरुलाई १५ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । दसैं–तिहारको उपलक्ष्यमा आफ्ना कर्मचारीहरूलाई कारदेखि माइक्रो ओभनसम्म खरिद उक्त सहरलियत ऋण उपलब्ध गराएको प्रहरीको कल्याण कोषले जनाएको छ ,

कोषको साउन २९ को निर्णयले किस्ताबन्दीमा सिनियर अधिकृत, जुनियर अधिकृत र सकल दर्जाका लागि अधिकतम ६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको कोषले जनाएको छ । कोषले सिनियर अधिकृतका लागि कार खरिद गर्न १५ लाख रुपैयाँ ६ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएको छ ।

यो ऋण १ सय २० किस्तामा १० वर्ष भित्र भुक्तान गर्नुपर्ने छ । यस्तै मोटरसाइकल खरिद गर्न २ लाख रुपैयाँ ४८ किस्तामा ४ वर्ष्भित्र भुक्तान गर्नुपर्ने छ । कोषले ट्रेड मिल, ल्यापटप, एलईडी टिभी र माइक्रो ओभन खरिदका लागि ऋण उपलब्ध गराउने जनाएको छ ।