प्रहरी जवानको अन्तिम नतिजा प्रकाशन (सूचीसहित)


काठमाण्डु – नेपाल प्रहरीले प्रहरी जवानको नतिजा प्रकाशन गरेको छ । गत असोज ३० गते सूचना प्रकाशन गरि दरखास्त आह्वान गरेको थियो । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा दरखास्त दिई अन्तरवार्तामा सहभागी भएका खुला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूहतर्फका उम्मेदवारहरुको अन्तिम नतिजा आज सार्वजनिक भएको छ ।

वैकल्पिकमा परेकाहरुको भने नामावली सार्वजनिक नभएको बताइएको छ । साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिकालागि सिफारिस भएकाहरुलाई प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराईएको प्रवेशपत्र, नेपाली नागरिकताको प्रमाणपत्र , आफुले प्राप्त गरेका सबै शैक्षीक प्रमार्णपत्रहरुको सकल प्रति र प्रतिलिपिहरु तीन तीन प्रति र पासपोर्ट साइजको फोटो ५ प्रति सहित असोज ६ गते बुधबार सम्बन्धित परीक्षा केन्द्रमा उपस्थित हुन सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement