नेपाल प्रहरीका चार एसपीको सरुवा,यस्तो छ सरुवाको कारण

नेपाल प्रहरीका चार एसपीको सरुवा,यस्तो छ सरुवाको कारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका चार एसपीको सरुवा भएको छ । सरुवा हुनेमा जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार बैदवार, सर्लाहीका एसपी गोपालचन्द्र भट्टराई, काभ्रेका एसपी जयराज सापकोटा र स्याङ्जाका एसपी राजकुमार लम्साल रहेका छन् ।

उनिहरुको कार्यसम्पादन राम्रो नभएको भनिएपनि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राजनीतिक दबावमा सरुवा गरेको स्रोतको दाबी छ ।

महानिरीक्षक खनालले एसपी रबिन्द्र रेग्मीलाई धादिङ, बिश्वमणी पोखरेललाई सर्लाही, एसपी रवि पौडेल काभ्रे, जनार्दन जिसिलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रमुखको जिम्मेवारी दिएका छन् ।

खनाल प्रहरी महानिरीक्षक नियुक्त भएसंगै समयाअवधी नपुग्दै उच्च प्रहरी अधिकारीहरुको सरुवा राजनीतिक दबावमा हुने गरेको गुनासो प्रहरीभित्र छ ।