प्रहरीमा एसपीबाट एसएसपीमा बढुवाको तयारी, खत्री र राठौरको ब्याचबाट पनि बढुवा हुन सक्ने

प्रहरीमा एसपीबाट एसएसपीमा बढुवाको तयारी, खत्री र राठौरको ब्याचबाट पनि बढुवा हुन सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रहरीमा डिआईजीहरुको बढुवा सिफारिस भएसंगै एसएसपीहरुको समेत बढुवा अघि बढेको छ । प्रहरी मुख्यालयले एसपीबाट एसएसपीहरुको बढुवा प्रक्रिया अघि बढाउन गृहकार्य गरिरहेको छ ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले त्यसका लागि प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयसंग छलफल गरेका छन् । प्रहरी प्रधान कार्यालयले यसअघि १७ जना एसएसपीको डिआइजीमा बढुवा गरेको थियो ।

अहिले प्रहरीमा एसएसपीमा ३२ जनाको दरबन्दी रिक्त भएको छ । रिक्त पदमा ५५ जना एसपीहरु बढुवाको प्रतिस्पर्धामा छन् ।

बढुवाका लासग अघिल्लो ब्याचबाट एसपीहरु दिल्ली बिष्ट, राजन अधिकारी, ईश्वर कार्की, डा.मनोज कुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेश कुमार आचार्य, अरुण पौडेल, राजेन्द्रसिंह भट्ट, किसन सिंह थापा, गोविन्द थपलिया, सुदर्शन कोइराला, जीवन श्रेष्ठ, दीपक रेग्मी, लोकेन्द्र श्रेष्ठ र गणेश चन्द लगायत छन् ।

त्यसैगरी गुप्तचरबाट प्रहरीमा आएको टोलीका सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चर्तुर्वेदी, ओमबहादुर राना, सुरेन्द्र गुरुङ, हिमालय श्रेष्ठ, विमल बस्नेत, मनोज यादब दिलिपसिंह देउजा, संजीवन शर्मा दास, विनोद घिमिरे, जयराज सापकोटा, रामेश्वर यादब, शारदाप्रसाद चौधरी र दिपेन्द्र जिसीलगायत छन् ।

एसएसपीमा मनोज केसी, सिद्धिविक्रम शाह,राजन अधिकारी, दानबहादुर कार्कीलगायतलाई अघि ल्याउने तयारी छ । उनिहरुमध्ये गुप्तचरबाट प्रहरीमा आएको टोली २०५६ सालमा भर्ना भएका हुन् भने सिनियर टोली २०५४ सालमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका हुन् ।

कतिपय एसपीहरु कार्वाहीमा परेका र कार्यसम्पादन राम्रो नभएकाले तल्लो ब्याजका केही अधिकारीहरुको बढुवा गर्ने तयारी प्रहरी मुख्यालयको छ । २०५६ मा भर्ना भएका एसपीहरु भूपेन्द्र खत्री, सोमेन्द्रसिंह राठौर, सविन प्रधान र बेलबहादुर पाण्डेलगायतलाई बढुवा गर्ने तयारी छ ।

खत्री,राठौर,प्रधान र पाण्डे प्रहरीमा व्यवसायिक र कार्यसम्पादन पनि राम्रो भएका अधिकृतका रुपमा चिनिन्छन् । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले उनिहरुको ब्याचबाट पनि बढुवा गर्नुपर्ने दबाव प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खांडलाई दिएको स्रोतको दावी छ ।