काठमाण्डु – नेपाल प्रहरीका ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।
गृह मन्त्रालयले बुधवार ६ जना एसएसपीको सरुवा गरेका होे । सरुवा हुनेहरुमा एसएसपी भरत बोहोरा, जनक भट्टराई, अनुराग द्विवेदी, विष्णु केसी, विकासराज खनाल र कुवेर कडायत रहेका छन् ।
एसएसपी बोहरा जिल्ला प्रहरी परिसर काठमाण्डुको प्रमुखमा सरुवा भएका छन् । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराईको सरुवा भएको छ ।
यस्तै मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी, लागुऔषध नियन्त्रण ब्युरोमा विकासराज खनाल र विपद् व्यवस्थापन कार्यालयमा कुवेर कडायत सरुवा भएका छन् ।




प्रतिक्रिया