पोर्चुगलले काठमाण्डुमा कूटनीतिक नियोग खोल्ने

पोर्चुगलले काठमाण्डुमा कूटनीतिक नियोग खोल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पोर्चुगलले काठमाण्डुमा कूटनीतिक नियोग खोल्ने भएको छ ।

पोर्चुगलका विदेशमन्त्री पाउलो रंगेलले नेपालको राजधानी काठमाण्डुमा कूटनीतिक नियोग खोल्ने बताएका हुन् ।

पोर्चुगलका विदेशमन्त्री रंगेलले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाइ दिँदै काठमाण्डुमा कूटनीतिक नियोग खोल्ने बताएका हुन् ।

रैगेलले टेलिफोनमार्फत मन्त्री खनाललाई बधाइ दिँदै दुई देशका सम्बन्धको विषयमा चर्चा गरेका थिए । जबाबमा मन्त्री खनालले कूटनीतिक नियोग खोल्ने पोर्चुगल सरकारको निर्णय सकारात्मक भएको बताउँदै आगामी दिनमा नेपाल–पोर्चुगल सम्बन्ध सुदृढ हुने बताए ।

फोन वार्तामा मन्त्री खनालले त्यहाँ कानुनी समस्यामा परेका नेपालीलाई मानवीयताका हिसाबले उनीहरूको समस्या समाधान गरिदिन पनि समकक्षीलाई आग्रह गरे ।

पोर्चुगलको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘फोन वार्तामा, विदेशमन्त्री पाउलो रंगेलले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई हालै परराष्ट्रमन्त्रीको रूपमा नियुक्त भएकोमा बधाई दिनुभयो । यो काठमाण्डुमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापनाको घोषणा गर्ने अवसर पनि थियो । यो द्विपक्षीय सम्बन्धमा लगानी हो, जसमा पर्यटन, कृषि र प्रविधि जस्ता क्षेत्रहरू पनि समावेश छन् ।

नेपालले पोर्चुगललाई दूतावास खोल्न यसअघि पनि आग्रह गर्दै आएको छ । पोर्चुगलमा ६० हजारभन्दा बढी नेपाली छन् । काठमाण्डुमा पोर्चुगलको कूटनीतिक नियोग नहुँदा समस्या भोगिरहेका छन् ।