काठमाडौ – नेपालसहित विश्वभर प्रेससँग सम्बन्धित निकायले आइतबार प्रेस स्वतन्त्रता दिवस आआफ्नै ढंगले मनाउँदै छन्। हाल विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण भौतिक रूपमा उपस्थिति भएर भन्दा पनि भर्चुअल माध्यमबाट यस अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिंदैछ। नेपालमा पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले कोरोनाको महामारीलाई ध्यानमा राख्दै डिजिटल संवादको आयोजना गरेर यो दिवस मनाउँदै छ।
विश्वका लोकतान्त्रिक मुलुकहरूमा प्रेस स्वतन्त्रतालाई विशेष महŒव दिइन्छ। प्रेस स्वतन्त्रताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन भन्ने मान्यताअनुसार लोकतान्त्रिक मुलुकहरूले प्रेस स्वतन्त्रतालाई विशेष महत्व दिएका हुन्छन्। नेपालमा भने लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि प्रेस जगतमाथि निरन्तर हमला भइरहेका छन्। लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकाले प्रेसलाई निरन्तर निशाना (तारो) बनाउँदै आएका छन्।
रिपोर्टर विदआउट बोर्डर (आरएसएफ) ले प्रकाशित गरेको प्रेस स्वतन्त्रता इन्डेक्स २०२० मा नेपालको स्थान गत वर्षको तुलनामा ६ स्थान खस्किएर १८० राष्ट्रहरूमध्ये ११२ औं स्थानमा पुगेको छ। आरएसएफले सञ्चारसम्बन्धी प्रस्तावित कानुनहरू र सरकारका प्रतिनिधिहरूले प्रेसका बारेमा गर्ने टिप्पणीहरूलाई आधार मानेर प्रेस स्वतन्त्रताको स्थिति मूल्यांकन गर्ने गर्छ।
सरकारले प्रेसमाथि कसरी निरन्तर प्रतिशोध साध्दै आएको छ भन्ने कुरा प्रधानमन्त्री ओलीका केही अभिव्यक्ति पर्याप्त छन्।यो समाचार आजको नागरिक दैनिकमा छ ।




प्रतिक्रिया