काठमाण्डु – नेपालमा पछिल्लो १ बर्षमा ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । सन् २०२१ जनवरी १ देखि आजसम्म ६२ वटा प्रेस स्वतन्त्रता हननका घटनाभएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासङ्घको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए ।
यो बर्ष ६२ वटा घटनामा १ सय ९० जना पत्रकार पीडित भएका छन् भने ४ वटा सञ्चारमाध्यम प्रभावित भएका छन् । यस वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुर्व्यवहारका घटना भएका छन् भने पेसागत असुरक्षाका १० वटा घटना भएका छन् । त्यस्तै, कब्जा र अवरोधका १० वटा घटना भएका छन् ।
भने पत्रकार आक्रमणका ५ वटा घटना भएका छन् । यसैगरी पत्रकार गिरफ्तारीका ४ वटा घटना भए भने नीतिगत बन्देजको एक वटा घटना भएको महासङ्घको अभिलेखमा छ । समग्रमा यो वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार सङ्कलनका क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुर्व्यवहार लगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेका महासङ्घले जनाएको छ ।




प्रतिक्रिया