राष्ट्र बैंकले घटायो १ प्रतिशत ब्याजदर (पूर्णपाठ)

राष्ट्र बैंकले घटायो १ प्रतिशत ब्याजदर (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकले बैंकदर १ प्रतिशतले घटाएको जनाएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई १ प्रतिशत घटाएको जनाएको हो ।

राष्ट्र बैंकले ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको जनाएको छ । साथै, कर्जाको पुनर्तालिकीकरण र पुनः संरचना होटल, रेस्टुराँ, यातायात तथा निर्माण क्षेत्रका कम्पनीले गर्न पाउने गरी नीति सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार अन्य क्षेत्रको कर्जाका लागि ५ करोडसम्मको कर्जाले पुनर्तालिकीकरणको सुविधा पाउनेछन् ।