बालुवाटारमा प्रहरीको धरपकड : राष्ट्र बैंक घेराउन गर्न पुगेका अखिलका कार्यकर्ता पक्राउ

बालुवाटारमा प्रहरीको धरपकड : राष्ट्र बैंक घेराउन गर्न पुगेका अखिलका कार्यकर्ता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै नेपाल राष्ट्र बैंक घेराउ गर्न पुगेका नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का कार्यकर्ता पक्राउ परेका छन् ।

गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउन आज बिहान १० बजे बालुवाटार ३ नम्बर गेट पुगेका अखिलका ५ कार्यकर्तालाई प्रहरीले पक्राय गरेको हो । उनीहरुले निषेधित क्षेत्रमा नाराबाजी गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिलले गभर्नर अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गरिरहेको बेला प्रहरी र कार्यकर्ताबीच केहीबेर धकेलाधकेल भएको हाे ।

प्रदर्शनकारीले ‘अर्थतन्त्र ध्वस्त पार्ने भस्मासुर गभर्रनर राजीनामा दे’, ‘देशको अर्थतन्त बाल नदिइ एमालेको अर्थतन्त्रको चिन्ता लिएर बस्ने रे’‘महाप्रसाद अधिकारी गभर्रनरमा बस्ने कुनै अधिकार छैन्’ लगायतका पम्प्लेट बोकेर प्रदर्शन गरिरहेका छन्।

गभर्नर अधिकारीको नियुक्ति राजनितिक संलग्नता नभएको स्वतन्त्र ब्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान बिपरित भएको खुल्न आएको भएको भन्दै विद्यार्थी संगठनहरुले केहि दिनयता विरोध चर्काएका छन् ।