नेसपाको पहिलो विधान अधिवेशन आजदेखि पोखरामा, १५१ सदस्यीय केन्द्रीय समिति बन्ने

नेसपाको पहिलो विधान अधिवेशन आजदेखि पोखरामा, १५१ सदस्यीय केन्द्रीय समिति बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को पहिलो विधान अधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । महाधिवेशनमा देशभरबाट ५ सय प्रतिनिधि पोखरा पुगिसकेका छन् ।

आजदेखि सुरु हुने अधिवेशनको दोस्रो सत्रमा संयोजक डा बाबुराम भट्टराईले विधान मस्यौदा पेस गर्ने कार्यसूची छ । समूहगत छलफल सकिएपछि मङ्गलवार निष्कर्ष सुनाउने कार्यसूची बनाइएको छ । बन्दसत्रबाट आएका प्रश्नको जवाफ दिएपछि अधिवेशन सम्पन्न हुने छ ।

महिन्द्र राय यादवले गत चैतमा नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि नेसपा विभाजन भएको थियो ।

पार्टीको केन्द्रीय समिति अधिकतम १५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ । विधान अधिवेशनमा पेस हुने मस्यौदामा केन्द्रीय समिति १५१ सदस्यीय राख्ने प्रस्ताव गरिएको हो ।

प्रस्तावित विधानमा १३ सदस्यीय पदाधिकारी रहने उल्लेख छ । जसमा एक जना अध्यक्ष, उपाध्यक्ष पाँच जना, महासचिव एक, पाँच जना सचिव र एक जना कोषाध्यक्ष रहने उल्लेख छ ।

नेसपाको सङ्गठनात्मक स्वरूप र संरचनामा पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन रहनेछ भने सङ्घीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय अनुशासन तथा सदाचार आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा आयोग र विभागहरूको व्यवस्था गरिएको छ ।