नेपाली सांसदको प्रतिनिधिमण्डलले गर्यो भाजपा मुख्यालयको भ्रमण

नेपाली सांसदको प्रतिनिधिमण्डलले गर्यो भाजपा मुख्यालयको भ्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपालको संसदका सदस्यहरूको बहुदलीय प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय भ्रमण गरेको छ।

प्रतिनिधिमण्डलले सोमबार नयाँ दिल्लीस्थित भाजपा मुख्यालयको भ्रमण गरेको हो।

भ्रमणका क्रममा भाजपा महासचिव शिव प्रकाशले पार्टीको संगठनात्मक संरचना र गतिविधिहरूको बारेमा जानकारी गराएका थिए।

छलफलमा भारतका राज्य तथा सडक यातायातमन्त्री अजय टम्टा, लोकसभा सांसद संजय जयसवाल, उत्तर प्रदेशका पूर्वमन्त्री डा. सतीश द्विवेदी, डा. नकुल भारद्वाजलगायतको उपस्थिति रहेको थियो।

नेपाली प्रतिनिधिमण्डलमा रहेका अधिकांश कम्युनिस्ट पृष्ठभूमिका नेताहरूलाई ‘मार्क्सवाद’ र ‘लेनिनवाद’को पछि नलाग्न सुझाव दिँदै ‘एकात्म मानववाद’ र ‘सांस्कृतिक राष्ट्रवाद’को सिद्धान्त अँगाल्न भनिएको थियो।