स्कटल्यान्डले नेपाललाई दियो १ सय ९४ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो १ सय ९४ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– टी–२० आई त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले जितका लागि नेपाललाई १ सय ९४ रनको लक्ष्य दिएको छ।

ग्लास्गोमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाएको हो।

स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले सर्वाधिक ७८ रन, ब्राण्डोन म्याकमुलेनले ४२, माइकल लिस्क २६ र म्याथु क्रस १७ रनमा नटआउट रहे।

नेपालका लागि कुशल भुर्तेलले २, सन्दीप लामिछाने, ललित राजबंसी र रुपेश कुमार सिंहले समान १ १ विकेट लिए ।