आईसीसी विश्वकप लिग-२ : स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

आईसीसी विश्वकप लिग-२ : स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलामा स्कटल्यान्डले नेपाललाई जितका लागि १९५ रनको लक्ष्य दिएको छ ।

ललित राजवंशीको घातक बलिङ र सन्दीप लामिछानेले कीर्तिमान बनाएको खेलमा स्कटल्यान्डले ३९.१ ओभरमा १९४ रनमा अलआउट भयो। स्कटल्यान्डका लागि ब्रान्डोन म्याक मुलेनले सर्वाधिक ७३ रन बनाए ।

४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका म्याकमुलेन सन्दीप लामिछानेको बलमा इसान पाण्डेको हातबाट क्याच आउट हुन पुगे।

उनलाई आउट गरेसँगै सन्दीपले १५० विकेट लिँदै कीर्तिमान बनाएका हुन्। सन्दीपले अस्ट्रेलियन मिचेल स्टार्कको रेकर्ड तोडेका छन् ।

नेपालका लागि ललित राजवंशीले चार विकेट लिए। उनले सात ओभरमा २५ रन खर्चे। सन्दीप लामिछानेले तीन विकेट लिए। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक विकेट लिए।