त्रिदेशीय टी–२०आई शृंखला : नेपाल र स्कटल्याण्ड खेल्दै

त्रिदेशीय टी–२०आई शृंखला : नेपाल र स्कटल्याण्ड खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई शृंखलाको अन्तिम खेलमा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्दै छन् । खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

यस शृंखलामा हालसम्म नेपालले २ खेल जित्दा स्कटल्याण्डले एक खेल मात्र जितेको छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

नेपालले भने ठीक विपरित पहिलो खेलमा हार बेहोरेपछि दुई जित निकालेको छ । नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले स्कटल्याण्डलाई हराउँदा बिहीबार नेदरल्याण्ड्सलाई हराएको छ ।

नेपालले स्कटल्याण्डसँग टी–२० फर्म्याटमा २ पटक मात्र खेलेको छ जहाँ १ जित र १ हारको नतिजा छ । टी–२०आईमा भने मंगलबारको खेल नै पहिलो थियो जहाँ नेपाल विजयी भएको थियो ।

यसअघि लिग २ को एकदिवसीय शृंखलामा पनि नेपालले ४ मध्ये ३ जित निकालेको थियो । टी(२०आई शृंखलामा पनि नेपाल जितका साथ अन्त्य गर्न चाहनेछ ।