कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर (तस्बिरहरू)

कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गामा काठमाण्डु महानगरपालिकाले डोजर चलाएर भत्काएको छ ।

बहालको बक्यौता रकम समयभित्र नतिरेपछि महानगरले डोजर चलाएको हो । खड्काको कम्पनीले भोगचलन गरिरहेको संरचनामा डोजर चलाइएको हो ।

नेपाल स्काउटले गत बिहीबार नै खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लिलाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान दिएको थियो ।

जिल्ला प्रशासन कार्यालयबाट मुचुल्का गरी सिलबन्दी गरिए पनि खड्का ल्यान्डले भोगचलन गरेपछि सात दिनको समय दिएर बक्यौता तिर्न अल्टिमेटम दिइएको थियो।

नेपाल स्काउट र खड्काल्याण्ड डेभलपण्ट प्रालिबीच २०६५ सालमा ३ रोपनी जग्गा (हाल लैनचौर बैक्वट सञ्चालन भइरहेको स्थान) १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराइएको थियो । सम्झौता सकिएको लामो समयसम्म पनि उक्त कम्पनीले भाडा तिरेको थिएन।

महानगरको डोजरले त्यहाँ भएका संरचना भत्काएको छ ।

संरचना हटाउन स्काउटले राष्ट्रपति, प्रधानमन्त्री, संसददेखि काठमाण्डु महानगरपालिकासम्म पत्राचार गर्दै हारगुहार गर्दै आएको थियो। स्काउटका अनुसार २०७५ सालसम्म नियमित भाडा तिरेका खड्काले त्यसपछि जग्गा र भवन उपयोग गरिरहे पनि भाडा तिर्न आनाकानी गरेका थिए।