नेपाल स्काउटको जग्गामा रहेको अवैध संरचना र मालसामान सात दिनभित्र हटाउन निर्देशन (सूचनासहित)

नेपाल स्काउटको जग्गामा रहेको अवैध संरचना र मालसामान सात दिनभित्र हटाउन निर्देशन (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने सरकारले तयारी गरेको छ ।

नेपाल स्काउटले बिहीबार सूचना जारी गरी काठमाण्डु महानगरपालिका–२६ लैनचौरस्थित कित्ता नम्बर १० खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलनका सम्बन्धमा नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका बिचमा भएको सम्झौता २०७५ सालमा सकिए पनि मुद्दा मामिलाका कारण खड्का ल्यान्ड भोगचलन गरिरहेको जनाएको छ ।

नेपाल स्काउटले ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको पनि सूचनामा जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट मुचुल्का गरी सिलबन्दी गरिए पनि खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले भोगचलन गरेपछि सात दिनको अवधि दिएर बक्यौता तिर्न अल्टिमेटम दिइएको हो ।

अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरघराना वा जायजेथाबाट असुल उपर गर्ने सूचनामा उल्लेख छ ।

खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको हो ।