नेपाली सेनाद्वारा मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकप्टर हस्तान्तरण

नेपाली सेनाद्वारा मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकप्टर हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले उडान समयावधि पूरा गरी ग्राउन्डेड रहेको एक हेलिकप्टर रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहको प्रयोगात्मक अभ्यासका लागि हस्तानतरण गरेको छ ।

मन्त्रिपरिषद्को गत वैशाख २५ गतेको निर्णयअनुसार प्रदेश–१ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले यस आर्थिक वर्ष २०७८-७९ बाट सञ्चालन गरेको उक्त तहका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि एनए–०३९ चेतक हेलिकप्टर र त्यससँग सम्बन्धित ४७ वटा पार्टपूर्जा आज हस्तान्तरण गरेको हो ।

शुक्रबार गौचरस्थित मध्य एयर वेशमा आयोजित समारोहमा सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश नं.१ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हेलिकप्टर हस्तान्तरण गरेको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

भारतको बैंगलोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडद्वारा निर्मित उक्त हेलिकप्टर उडान अवधि सकिएपछि ग्राउन्डेड रहेको थियो ।