यू–१६ इस्ट जोन कप : नेपालले सिंगापुरसँग फाइनल खेल्ने

यू–१६ इस्ट जोन कप : नेपालले सिंगापुरसँग फाइनल खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– यू–१६ इस्ट जोन कपमा नेपालले उपाधिका लागि सिंगापुरसँग भिड्ने भएको छ ।

दोस्रो सेमिफाइनलमा हङकङलाई हराएर फाइनलमा पुगेको सिंगापुरसँग नेपालले फाइनल खेल्ने पक्का भएको हो ।

पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोडेको थियो । जवाफमा सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता मलेसियालाई ९ विकेटले हराउँदै नेपाल चौथो पटक उपाधि नजिक पुगेको थियो। मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।

नेपाल समूह ए को विजेता र सिंगापुर उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए। समुह ए का दुई टोलीले फाइनलमा स्थान बनाएसँगै समुह बी का दुवै टोली अन्तिम चारबाटै बाहिरिएका छन्।