६२ अंकले बढेर २७३८ अंकमा नेप्से

६२ अंकले बढेर २७३८ अंकमा नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–आइतबार नेपाल स्टक एक्चेन्ज (नेप्से)मा हरियाली छाएको छ । आज सेयर बजार ६२.५४ अंकले बढेको हो ।

नेप्से २.३३ प्रतिशतले बढ्दा परिसुचक २७३८ अंकमा कायम भएको छ ।

आज २ करोड २४ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७७ करोडको कारोबार भएको छ । आज कारोबारमा आएका ३२० कम्पनीमध्ये २२८ कम्पनीको मूल्य बढेको छ भने १३ कम्पनीको मूल्य घटेको छ । यस्तै ३ कम्पनिको मूल्य स्थिर रहेको छ ।

आज ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, सुपर मादी हाइड्रोपावर, श्रीजञ्शील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्दा बलेफी हाइड्रो, नारायणी डेभपलपमेन्ट बैंक, समृद्धी फाइनान्स, पिपल्स पावर, मैलुङ खोला, इस्ट्रन हाइड्रो जलविद्युतको सेयर मूल्य क्रमसः ९.९९, ९.९९, ९.९९, ९.७, ९.७, ९.५० अंकले बढेका छन् ।

कारोबारको आधारमा सानिमा जीआईसी इन्स्योरेन्सले सबैभन्दा धेरै कमाएको छ । यसको ३८ करोड ४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।