नेपाल टेलिकमको सेवा आज राति चार घण्टा बन्द हुने

नेपाल टेलिकमको सेवा आज राति चार घण्टा बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाल टेलिकमको सेवा आज राति चार घन्टा बन्द हुने भएको छ । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि आज राति ११ बेदेखि चार घण्टा सेवा बन्द हुने टेलिकमले जनाएको छ ।

अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा प्रभावित हुन सक्ने जनाएको छ । ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्यारी सेवा प्रभावित हुने छ ।

उक्त समयमा मोबाइल भ्वाइस, डाटा तथा एसएमएस सेवा भने यथावत् हुने कम्पनीले जनाएको छ ।