नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पहाडी नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पहाडी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको जानकारी आफूले पाएको पहाडीले जानकारी दिइन् ।

२०८० असोज दोस्रो सातादेखि पहाडी टेलिकमको निमित्त प्रबन्ध निर्देशक थिइन् । अख्तियार दुरुपयोग अनुसनधान आयोगले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’ मा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेपछि टेलिकममा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परेपछि अदालतबाट फैसला नआउन्जेल टेलिकमको नेतृत्व पहाडीले गरेकी थिइन् ।