काठमाडौं – नेपाल टेलिकमले डेटा प्याक प्रयोग गर्ने आफ्ना गा्रहकको सुविधालाई मध्यनजर गर्दै अहिलेसम्मकै ठूलो डेटा प्याक सार्वजनिक गरेको छ ।
नेपाल टेलिकमले आफ्नो १६औं वर्षिक उत्सवको अवसरमा आफ्ना ग्राहकलाई नयाँ सुविधासहित ६ महिनासम्म प्रयोग गर्न पाइने ६० जीबी डेटा प्याकसहितको सुविधा सार्वजनिक गरेको हो ।
जसअनुसार यसको मूल्य कम्पनीले तीन हजार रुपैयाँ तोकेको छ । त्यस्तै कम्पनीले १६ सय रुपैयाँमा तीन महिना प्रयोग गर्न पाउने ३० जीबी डेटा प्याक पनि सार्वजनिक गरेको छ ।
बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने २ सय एमबी डेटा प्याकको सुविधा पनि कम्पनीले आफ्ना ग्राहकका लागि ल्याएको छ, जसको मूल्य १५ रुपैयाँ मात्र रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै कम्पनीले मोबाइल रिचार्जमा पनि अफर ल्याएको छ । दुई सय र दुई सयभन्दा माथिको रिचार्जमा ग्राहकले दुई सय एमबी डेटा निस्शुल्क पाउनेछन् भने पाँच सय र पाँच सयभन्दा माथि ९ सय ९९ सम्मको रिचार्जमा पाँच सय एमबी डेटा निस्शुल्क प्रदान गरिन कम्पनीले जनाएको छ ।




प्रतिक्रिया