नेपाल टेलिकमको नयाँ अफर, २० रुपैयाँमा ७० मिनेट कुराकानी


काठमाडौं – नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । आफन्त र साथीभाइहरुको साथमा रमाउनका लागि भन्दै २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने अफर ल्याएको हो ।

अनलिमिटेड वान आवर प्याक दिइएको यस अफरमा २० रुपैयाँले ७० मिनेट कुराकानी गर्न सकिने, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने टेलिकमले जनाएको छ ।

यो सेवा प्रयोग गर्नका लागि FDPACK लेखेर १४१५ मा म्यासेज पठाउनु पर्छ । अथवा *१५१५* ८# डायल गरी यो सेवा लिन सकिन्छ । यस अघि टेलिकमले २ दर्जनभन्दा बढी अफर ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement