नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य

नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य


काठमाण्डु– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो ।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाउँदा सम्झना खड्काले २६,रुबिना क्षेत्रीले १७ रन बनाइन् ।

थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४,ओनिचा काम्चोम्फुले २ तथा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १–१ विकेट लिए ।