यू-२० एसियन कप : उत्तर कोरियासँग ११ गोलले हार्‍यो नेपाल

यू-२० एसियन कप : उत्तर कोरियासँग ११ गोलले हार्‍यो नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एएफसी यू–२० महिला एसियन कप छनोटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को भारी अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

भुटानमा जारी छनोटको समूह ‘ए’ अन्तर्गत उत्तर कोरियाले तीनै खेल जित्दै ९ अंकसहित एसियन कपमा स्थान पक्का गरेको हो।

खेलको सुरुवाती चरणमै उत्तर कोरिया आक्रामक बनेको थियो। तेस्रो मिनेटमै पहिलो गोल गरेको उनीहरूले १२औं मिनेटमा दोस्रो, २४औं मिनेटमा तेस्रो, ३७औं मिनेटमा चौथो र ४१औं मिनेटमा पाँचौं गोल थपे। दोस्रो हाफमा पनि आक्रमण जारी राख्दै ४८औं र ५३औं मिनेटमा गोल गरे।

खेलको अन्तिमतिर ८८औं मिनेट र इन्जुरी समयको पहिलो, छैटौं तथा अन्तिम मिनेटमा गोल गर्दै कुल ११–० को विजय हासिल गरे।

यसअघि नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको र दोस्रो खेलमा साउदी अरबलाई १–० ले हराएको थियो। तर, अन्तिम खेलको हारले नेपाललाई एसियन कपको यात्राबाट रोकिदिएको हो।