काठमाण्डु– आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको हो ।
खेल ओमानको अल अमरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ १) मा हुनलागेको हो।
शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो भने समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो ।
प्लेइङ ११ मा रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, ललित राजवंशी र सोमपाल कामी रहेका छन् ।




प्रतिक्रिया