विश्वकप क्रिकेट लिग-२ मा आज नेपालको अन्तिम खेल, यूएईसँग भिड्दै

विश्वकप क्रिकेट लिग-२ मा आज नेपालको अन्तिम खेल, यूएईसँग भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपालले बुधबार यूएईसँग खेल्दैछ ।

खेल आईसीसी एकेडेमीमा बिहान सवा ११ बजे शुरू हुनेछ । यूएईमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालको यो अन्तिम खेल हो । यूएई, नेपाल र अमेरिकाबीच श्रृंखला भएको हो ।

नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनले र अमेरिकासँगकै अर्को खेलमा चार विकेटले पराजित भएको थियो भने यूएईसँगको खेलमा यसअघि पाँच विकेटले पराजित भएको थियो । नेपाल १९ खेलमा १२ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।

अमेरिका २३ खेलमा ३६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा र १९ खेलमा ८ अंकसहित यूएई अंक तालिकाको पुछारमा छ । यो खेलपछि नेपाली टोली स्वदेश फर्कनेछ ।