शून्य लागतमा श्रमिक जान पाउने गरी नेपाल र यूएईबीचको श्रम सम्झौता नवीकरण

शून्य लागतमा श्रमिक जान पाउने गरी नेपाल र यूएईबीचको श्रम सम्झौता नवीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता नवीकरण भएको छ । नेपाल र यूएईका उच्च श्रम अधिकारीहरुबीच काठमाडौंमा भएको उच्चस्तरीय संयुक्त समितिको बैठकले शून्य लागतमा श्रमिक जान पाउने गरी श्रम सम्झौता नवीकरण गरेको हो ।

नेपाल र यूएईबीच चार वर्षअघि भएको श्रम सम्झौताको म्याद बुधबार सकिँदै थियो । संयुक्त बैठकको नेपालको तर्फबाट नेतृत्व गरेका श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेलका अनुसार नैतिक भर्ना प्रक्रियालाई नै प्रोत्साहन गर्ने गरी श्रम सम्झौता नवीकरण गरिएको हो ।

यूएईको तर्फबाट भने समकक्षी अब्दुल्लह अली अलनुयमीले गरेका थियो। यूएईसँगको श्रम सम्झौताले रोजगारदाता पे मोडललाई स्वीकार गरेको छ । रोजगारदाताको कमी कमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्ने सक्ने व्यवस्था छ ।

बुधबारकाे बैठकमा यूएई पक्षले श्रमिक रोजगारविहीन भएमा तीन महिनासम्मको बेरोजगार भत्ता पाउने गरी श्रमिकको अनिवार्य २४ घण्टाको बिमा नीति लागू गरिएको जानकारी दिइएको छ ।

श्रम सम्झौताले सबै विदेशी श्रमिकलाई समान व्यवहार गर्ने, महिला श्रमिकको लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्ने राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउने, श्रमिक र रोजगारदाताबीच विवाद उत्पन्न भई अदालतमा मुद्दा परी विचाराधीन रहेको अवस्थामा कामदारलाई कुनै लागत वा शुल्क नलाग्ने गरी कानुनी उपचारको प्रत्याभूति मिलाइएको लगायत विषयलाई सम्बोधन गरिएको छ ।

बैठकमा नेपालले श्रम सम्झौताको प्रभावकारी कार्यान्वयनको पक्षलाई जोड दिइएको थियो । ‘यूएईले आफूहरुले घरेलु श्रमिकको सुरक्षाका लागि नीतिगत सुधार गरेकोले नेपाललाई घरेलु श्रमिक पठाउन आग्रह गरेको थियो । यूएईले तीन वर्ष अगाडि नै घरेलु श्रमिक पठाउन प्रोटोकलमा गरिएको सहमतिलाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।