पर्यटनमन्त्रीद्धारा युएईसँगको हवाई सम्झौतामा हस्ताक्षर

पर्यटनमन्त्रीद्धारा युएईसँगको हवाई सम्झौतामा हस्ताक्षर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र सयुक्त अरब इमिरेट्स(युएई)बीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र युएईका तर्फबाट अर्थमन्त्री सलमान विन सइद अलमन्सुरीले द्वपक्षीय हवाई सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यसअघि युएईसँग सैद्धान्तिक सम्झौतामात्र भएको भएपनि यो पटक द्विपक्षीय अन्तिम हस्ताक्षर क्यानडाको मन्ट्रियलमा जारी आइकाओको ४० औं महासभाको क्रममा उक्त सम्झौता भएको हो । नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ ।